Logo
Logo

हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी विजयी


2.2k
Shares

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर लामा विजयी भएका छन् ।

लामा १ हजार ४६६ मत ल्याएर विजयी भएक हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका दक्दिर लामा निर्वाचित भएका छन् । उनले ७६७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार लाक्पा नर्बु लामाले ५६५ ल्याए भने एमालेका नुरजङ तामाङले ४८२ मत प्राप्त गरे ।

नाम्खामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्