काठमाडौं । शंखरापुर नगरपालिकाको नगरप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणामअ नुसार राप्रपाका मेयरका उम्मेदवार रमेश नापित २५५३ ल्याएर अग्रता लिएका हुन् । उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठले पछ्याइरहेका छन् । एकिकृत समाजवादीका श्रेष्ठले २५०५ मतले पछ्याइरहेका हुन् । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार मुध केसीले २००३ मत पाएका छन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार समिता श्रेष्ठले ३०२३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मी केसीले १५७९ मत प्राप्त गरेकी छन् ।
यस्तै, उपमेयरमै नेकपा माओवादीका उम्मेदवार चण्डिका चौंलागाइँले १५८५ मतले पछ्याइरहेका छन् । राप्रपाका उपमेयर उम्मेदवार विजयकुमारी वाइबाल १००१ मत प्राप्त गरेका छन् । यहाँ मत गणना जारी छ ।














