गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार प्रेम केसीलाई १० मतान्तरले पराजित गर्दै कुवँर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४ हजार ७०७ मत ल्याएका भने उनका निकटतम प्रतिद्वन्द्वी केसीलै ४ हजार ६९७ मत पाए ।
उपाध्यक्षमा भने नेकपा एमालेकी सरिता खड्का विजयी भएकप् छन् । उपाध्यक्षमा निर्वाचित खड्काले ४ हजार ५६५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ मत पाए ।
मदाने गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।














