Logo
Logo

बाजुराको बडीमालिकामा एमाले विजयी


756
Shares

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाको मेयरमा नेकपा एमाले एमालेका उम्मेदवार अम्मर खड्का विजयी भएका छन् । उनले ४ हजार १९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनराज पण्डितले ३ हजार ५ सय ५२ मत पाए ।

यस्तै, उपमेयर एमालेकी नन्दा थापा ४ हजार २ सय ३३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका राधिका सिंहले ३ हजार ३ सय ५१ मात्रै मत ल्याए । थापा यसअघि जिल्लामा पत्रकारिता गर्थिन् । उनले यही चुनावमा पत्रकारिता छोडेर निर्वाचनमा उम्मेदवारी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्