Logo
Logo

स्थानीय तहको निर्वाचनमा गठबन्धनको औचित्य छैन : बाबुराम


3.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा गठबन्धनको कुनै औचित्य नभएको बताएका छन् ।

आजदेखि सुरु भएको संसद बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै डा. भट्टराईले सो कुरा बताएका हुन् । उनले भने, ‘स्थानीय तहको मुद्दाहरु स्थानीय पार्टी नेताहरुलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुंगो लगाउने विषय होइन । जुन हामीले अभ्यास गर्न खोज्यौँ, त्यो सफल भएन ।’

गठबन्धनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई मात्रै केही फाइनदा भएको बताए । उनले भने, ‘कांग्रेस र माओवादीलाई केही लाभ भयो तर त्यो पनि तल मिलेजस्तो देखिएन । जे सिद्धान्त अपनाइएको थियो त्यो कसैले पनि पालना गरेनन् । त्यसअर्थमा पनि स्थानीय निर्वाचनमा गठबन्धन गर्नु उपयुक्त भएन ।’

उनले स्थानीय तह निर्वाचनमा सबैले आफूले जस्तो परिणाम नआउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्