काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले निर्वाचनमा अहिलेसम्म आएको परिणाम उत्साहजनक नभएको बताएका छन् । मंगलबार संसद अधिवेशनमा बाहिरिएपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रया दिँदै यस्तो बताएका हुन् ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, हाम्रा लागि उत्साहजनक छैन ।’ गठबन्धन जुन उद्देश्यका लागि बनेको थियो, त्यो भने पूर्ति हुँदै गएको उनको भनाइ छ । उनले भने, ‘अब कसरी अगाडि जान्छ भनेर हामी छलफल गर्नेछौं ।’ स्थानीय तह निर्वाचनको परिणामबारे विभिन्न विश्लेषण भइरहेका बेला नेता खनालको यस्तो भनाइ आएको हो ।














