अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झविलाल थापा निर्वाचित भएका छन् । थापाले ८ हजार ३२४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रेशम थापाले ७ हजार ५२४ मत ल्याएका थिए ।

यस्तै, उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले ७ हजार ५५८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्ता पौडेलले ६ हजार ८६४ मत ल्याए ।
२०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट विजयी बनेका रेशम थापा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए ।














