काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले २५५ मतको फराकिलो अग्रता लिएका हुन् ।

२० हजार ४९५ गणना गर्दा रेनुले ६ हजार ९२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ६ हजार ६७२ मत पाएका छन् ।
उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ४२८ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ५ हजार ५०० मत पाएका छन् ।














