Logo
Logo

बझाङमा एकीकृत समाजवादीको विजयी जुलसमा एमाले कार्यकर्ताद्वारा आक्रमण, ८ जना घाइते


26.6k
Shares

बझाङ । बझाङको थलारा गाउँपालिका वडा नं. ९ मा विजय जुलुस मनाउने क्रममा ढुङ्गामुढा हुँदा आठ जना घाइते भएका छन् ।

थलारा गाउँपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीले जितेपछि विजय जुलुस निकालेका थिए । सो क्रममा नेकपा एमालेका कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्दा एकीकृत समाजवादीका आठ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थल वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

थलाराको वडा नम्बर ९ मा एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट ४ सय ८७ मत ल्याएर विजयी बनेका छन् ।
यस्तै, सोमबार पनि एमालेका कार्यकर्ताले दोलखामा एकीकृत समाजवादीको विजयी जुलुसमा आक्रमण गरेका थिए ।

दोलखाको मेलुङ गाउँपालिका वडा नं. २ मा नेकपा एकीकृत समाजवादीले बिजयी हासिल गरेपछि आयोजना गरिएको बिजयी जुलुसमा नेकपा एमालेका कार्यकर्ताले ढुंगामुढा गरेका थिए ।

वडा नम्बर–२ सुकाठोकरको विजयी जुलुसमा स्याङ्बाडाँडामा एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन् । वडाको कल्लेरी भन्ने स्थानबाट सुरु भएको बिजयजुलुस स्याङ्बाडाँडामा पुग्दा एमाले कार्यकर्ता अम्बर तामाङलगायत १०–१२ जनाको समूहले आक्रमण गरेको समाजवादीले आरोप लगाएको छ । बिजय जुलुसमा बाजा किन बजाएको भन्दै उनीहरुले आक्रमण गरेका वडाअध्यक्ष भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्