Logo
Logo

चिङ्गाड गाउँपालिकामा एमाले विजयी


756
Shares

काठमाडौं । सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका बोधविक्रम जिसी ३५९१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डोरप्रसाद शर्माले ३५३० मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै मिनाकुमारी रोकाया निर्वाचित भएकी छन् । उनले ३ हजार ५८१ मत ल्याएकी छन् भने कांग्रेसकी मनमाया आचार्यले ३४६९ मत पाएकी छन् ।

२०७४ को निर्वाचनमा यस पालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्