दोलखा । दोलखाको जिरी नगरपालिकाको नेकपा एमाले निर्वाचित भएको छ । जिरी नगरपालिकामा मेयर र उपमेयर दुवैमा एमाले वियजी भएको हो ।

मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी (खड्का) निर्वाचित भएका छन् ।
जिरेलले २ हजार ९४९ मत पाउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६९२ मत मात्र पाए ।
यस्तै, उपमेयरमा बुढाथोकीले ३ हजार ४३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका तेजबहादुर तामाङले ३ हजार १२० मत ल्याए । २०७४ सालमा पनि बुढाथोकी जिरीको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।














