काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार धनराजले राप्रपाका शंकर खराललाई १५ सय बढी मतले पछाडि पारेका छन् । धनराजले अहिले १०९३९ मत ल्याएका छन् भने राप्रपाका शंकरले ९४०५ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखतर्फ कांग्रेसका कोपिला रानाभाटले अग्रता लिएका छन् । उनले १२१३० मत पाउँदा नेकपा एमालेका मञ्जुदेवी गुरुङ ११४८३ पाएका छन् ।














