Logo
Logo

हेटौंडामा एकीकृत समाजवादीकाे अग्रता


12.4k
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता लिएका छन् ।

२७ हजार ७५४ मत गणना हुँदा लामाले ५५ मतले अग्रता लिएका हुन् । यसअघि राप्रपाका उम्‍मेरवार दीपकबहादुर सिंहले अग्रता लिए पनि मंगलबार लामाले अग्रता लिएका हुन् ।

लामाले ८ हजार ८४५ मत प्राप्त गरेका छन् । यस्तै राप्रापाका उम्मेदवार दीपक बहादुर सिंहले ८ हजार ६९० मत पाएका छन् ।

उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ एमालेकी सुमित्रा काफ्लेभन्दा ३ हजार ६७८ मतले अगाडि छन् । राजेशले ११ हजार ७११ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले ८ हजार ३३ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्