Logo
Logo

राजापुरमा माओवादीका दीपेश थारु निर्वाचित


1.6k
Shares

गुलरिया । बर्दियाको राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपेश थारु र उपप्रमुखमा मनकला कुमारी चौधरी विजयी भएका छन् । नेपाली कांग्रेसका दिपक जंग शाह र यशोदा थारुलाई पराजित गर्दै राजापुरमा माओवादी केन्द्रले जित हात पारेको छ ।

प्रमुख पदका थारुले ९ हजार ८०७ मत प्राप्त गरेका छन् । शाहले ९ हजार ७६० मत पाए । उप्रमुख पदमा माओवादी केन्द्रकी चौधरीले १० हजार ८६ मत प्राप्त गरी नेपाली कांग्रेसकी यशोदा थारुलाई पराजित गरे ।

कांग्रेसकी थारुले १० हजार मत प्राप्त गरे । प्रमुख पदमा ४७ मत र उपप्रमुख पदमा ४१ मतको मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालय राजापुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्