काठमाडौं । धादिङको धुनीबेंसी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण आचार्य निर्वाचित भएका छन् ।

नेपकपा एमालेका उम्मेदवार रामराजा पाण्डेलाई २११४ मतान्तरले पराजित गर्दै आर्याच मेयरमा निर्वाचित भएका हुन् । आचार्यले ८ हजार ७०६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ६ हजार ५९२ मत प्राप्त गरेका छन ।
उपमेयरतर्फ कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् । उनले ८ हजार ३८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मन्दीरा श्रेष्ठले ६ हजार ४७० मत प्राप्त गरेका छन् ।














