Logo
Logo

सिन्धुलीको मरिणमा मतगणना रोकियो


1k
Shares

सिन्धुली । मुचुल्कामा लेखिएको भन्दा ६ वटा मतपत्र बढी भेटिएपछि सिन्धुलीको मरिण गाउँपालिकाको मतगणना रोकिएको छ ।

७ वडा रहेको मरिणमा ६ वटाको गणना सम्पन्न भइ नतिजा आइसकेको छ । वडा नम्बर ७ को बाह्रबिसे मतदान केन्द्रमा खसेको मतभन्दा बढी भेटिएपछि प्रतिस्पर्धामा रहेको एमालेका कार्यकर्ताहरुले गणना रोकेका हुन् ।

निर्वाचन अधिकृत दुर्गा बन्जाडेका अनुसार मुचुल्का ६३० मत खसेको भनेर लेखिएको र मतपत्र ६३६ पेटिकामा भेटिएकाले विवाद उत्पन्न हुँदा रोकिएको हो । मुचुल्का गरेपछि मतपेटिकामा भएको मत नै सदर हुने भएकाले अनावश्यक विवाद गरेर मतगणना रोकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्