म्यागदी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् ।

मोहनचोकस्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दिउँसो सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षमा कांग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दीपक आचार्य (आकाश) विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ र उपाध्यक्षमा निर्वाचित दीपकले चार हजार ७९२ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा एमालेका लालबहादुर अधिकारीले चार हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता वरुवालले चार हजार ७१५ मत पाए । उपाध्यक्षमा ७७ मतले वरुवाललाई आचार्यले पराजित गरेका हुन्। जलजलाको नौ वटामध्ये पाँच वटामा एमाले, दुई वटामा कांग्रेस र दुई वटा वडामा एमालेले जितेका छन् ।














