Logo
Logo

नुवाकोटको पञ्चकन्यामा माओवादी केन्द्र विजयी


1k
Shares

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
पालिकाको अध्यक्षमा माओवादीका तेजबहादुर तामाङ र बिमला केसी निर्वाचित भएका हुन् । तामाङ गाउँपालिकाको अध्यक्षमा दोहोरिएका हुन् ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मंगलबार राति सार्वजनिक मतपरिणामअनुसार तामाङ ४ हजार ३५४ मतसहित विजयी बनेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधवप्रसाद खनाललाई ३८० मतले पराजित गरेका हुन् । खनालले ३ हजार ९७४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्