काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा एमाले-कांग्रेस-विप्लव नेतृत्वको माओवादीलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ ।

अध्यक्षमा धनबहादुर पुन मगरले ३४३९ मत ल्याएर जितेका हुन् । उनका प्रतिद्वन्दी एमाले-कांग्रेस-विप्लव गठबन्धनतर्फबाट उम्मेदवार दिएका विप्लव माओवादीका पुस्तमन घर्तीमगरले १५२३ मत पाएर पराजित भए । उनको पार्टी दर्ता नभएकाले उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षमा ननकला घर्तीले ३४९२ मल ल्याएर जिते छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका कोमबहानदुर बुढ़ा १६११ मत ल्याएका छन् ।














