मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा गठबन्धनका मीना लामाले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार २८ हजार ८७५ मत गन्दा मेयरमा सत्ता गठबन्धनका उम्मेदवार लामाले ८ हजार ९८२ मत प्राप्त गर्दै अग्रता बढाएका हुन् ।

यस्तै, मेयर पदका अर्का उम्मेद्वार राप्रपाका दिपक सिंहले ८ हजार ६८७ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार ९५७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
यसैगरि उपप्रमुख पदमा गठबन्धनतर्फ काँग्रेसका राजेश बानियाँको १२ हजार ८७६ रहेको छ । एमालेकी सुमित्रा काफ्लेको ८ हजार ६६४ र राप्रपाकी इन्दिरा न्यौैपानेले २ हजार १४२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा आएका नेकपा एमालेका उम्मेदवार यमबहादुर थापाले १ हजार १४७ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा निर्वाचित केसीले ४ हजार ७ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सलिना केसीले ३ हजार ७४९ मत प्राप्त गरेका छन् । उक्त पालिकामा कांग्रेसले १, २, ५ र माओवादी केन्द्रले ३ र ४ प्यानलसहित जितेका छन् ।











