Logo
Logo

चाँगुनारायणको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


945
Shares

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएका छन् ।

मेयरमा कांग्रेसका जीवन खत्री ९ हजार ५ सय ५० मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विना बास्तोलाले ९ हजार १ सय ६० मत प्राप्त गरिन् ।

यसैगरी उपमेयरमा नेकपा एमालेका रमेश बुढाथोकी ११ हजार १ सय ७ मतसहित निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्