Logo
Logo

एमालेले धरान गुमाउने खतरा, दोस्रो स्थानका लागि बल गर्दै


34.5k
Shares

एमालेका उम्मेदवार मञ्जु भण्डारी

धरान । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अघिल्लो निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले यसपटक दोस्रो पार्टी बन्ने लयमा देखिन्छ ।

एमालेले आफ्ना अधिकांश आधारक्षेत्र गुमाइसकेको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा अझै धेरै पालिका गुमाउने देखिन्छ ।
सुनासरीको धरान एमालेको लामो विरासत भएको क्षेत्र हो । यसपटक एमालेले धरान गुमाउने अवस्था देखिन्छ ।

धरानमा एमाले दोस्रो स्थानका लागि मात्र प्रतिस्पर्धा गरिएको छ । पछिल्लो मतपरिणाम अनुसार एमाले तेस्रो स्थानमा छ । अथार्त धरानमा एमाले स्वातन्त्र उम्मेदवार हर्कराज राई भन्दा पनि पछि परेको छ ।

धरानमा सत्ता गठबन्धनको तार्फबाट नेपाली कांग्रेसका किशोर राई मेयरका साझा उम्मेदवार हुन् । किशोरले निरन्तर अग्रता लिइरहेको छन् । उनले अहिलेसम्म किशोरले ७ हजार ७१७ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले मत पाएका छन् । अहिलेसम्म हर्कराजले ७ हजार ४६१ मत पाएका छन् भने एमालेका उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ४२५ मत मात्र प्राप्त गरेका छन् ।

उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा उपमेयरका उम्मेदवार हुन् । उनले अहिलेसम्म ८ हजार ६७० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमप्रसाद लिम्बूले ८ हजार ३२४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्