
रौतहट । सर्लाहीका २० वटा स्थानीय तहमध्ये ९ स्थानिय तहको मतगणना सम्पन्न भएको छ । सर्लाहीमा ११ वटा नगरपालिका ९ वटा गाउँपालिका गरि २० स्थानिय तह रहेका छन् । जसमा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी केन्द्र विजी भएको छ । त्यस्तै, हरिपुर्वा नगरपालिकामा कांग्रेसका विनोद कुमार साह ५ हजार ९९ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका योगनारायण रायले १ हजार ४ सय ९३ ल्याए । हरिपुर्वा नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका सुमित्रा देवी ग्वारनीले ४ हजार ३ सय ९१ मत ल्याएर विजयी भएकी छन् ।
जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले भने ३ हजार ४ सय मत ल्याईन । कौडेना गाउँपालिकामा नेपाली कांग्रेस रुपेश कुमारले ५ हजार २ सय ८१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राज नन्दन प्रसाद २ हजार ४ सय ४१ मत ल्याएका छन् ।
त्यस्तै, उपाअध्यक्षमा कांग्रेसका नागिना देवीले ४ हजार ९ सय ६३ मत ल्याएर विजयी भइन् । जनता समाजवादी पार्टीका पल्बी देवी यादवले भने २ हजार ६ सय ६२ मत ल्याइन् । धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका रायआश्रय साहले ४ हजार ४ सय ७७ तल ल्याएर विजयी भए । माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३ सय ७८ मत ल्याएर पराजित भए । कांग्रेस कै अकली सहनीले ४ हजार ५ सय ५ ल्याएर उपाअध्यक्षमा विजयी भइन् । उनका निकट्तम प्रतिस्पर्धी माओवादी केन्द्रका निलम कुमारी देवी सहनीले ३ हजार २ सय २५ मत ल्याएका छन् ।
त्यस्तै, पर्सा गाउँपालिकामा नेपाली कांग्रेसका धिरेन्द्र रायले २ हजार ४ सय ६६ मत ल्याएर विजयी भए । जनता समाजवादी पार्टीका दिनेश कुमार यादव १ हजार ८ सय ५८ मत ल्याए पारजित भए । उपाअध्यक्षमा कांग्रेसकै नुतन देवीले २ हजार ३९ मतसहित विजयी भइन् । भने जनता समाजवादी पार्टीका नासुरल खातुनले १ हजार ९ सय ४१ मत ल्याएर पराजित भइन् ।
त्यस्तै, ब्रम्हपुरी गाउँपालिकामा कांग्रेसका राम पदारथ साह तेली ४ हजार ६ सय ६८ मतसहित विजयी भए । लोकतान्त्रीक समाजवादी पार्टीका विनोद कुमार साह ३ हजार २ सय ७१ मत ल्याएर पराजित भए । त्यस्तै उपाअध्यक्ष कांग्रेसकै श्यामकला यादवले ४ हजार ६ सय १० मतसहित विजयी भए भने लोकतान्त्रीक समाजवादी पार्टीका गितादेवी रायले ३ हजार ३ सय ११ मत ल्याएर पराजित भइन् ।
जिल्लाको विष्णु गाउँपालिकामा कांग्रेसका जवाहर लाल यादव ३ हजार २ सय ११ मतसहित विजयी भए । जनता समाजवादी पार्टीका विजय कुमार यादव भने ३ हजार ८० मत ल्याएर पराजित भए । उपाअध्यक्ष कांग्रेसकै उशादेवीले २ हजार ९ सय ४९ मतसहित विजयी भए भने जनता समाजवादी पार्टीकी सुनिता देवी जयसवालले २ हजार ४ सय ७० मत ल्याए र पराजित भए ।
यस्तै हरिपुर नगरपालिकामा कांग्रेसका गोपाल पंजियार ६ हजार ९ सय ३८ मत ल्याएर नगर प्रमुखमा विजयी भए । नेकपा (माओवादी केन्द्र)का सुनिल कुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत ल्याएका छन् । उपप्रमुखमा कांग्रेसकै निलम देवी राय यादवले ५ हजार ५ सय ८३ मतसहित विजयी भए । भने एकिकृत समाजवादीका शिला कार्कीले ४ हजार ७६ मत ल्याएर पराजित भए । त्यस्तै, जिल्लाको बलरा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का रामाशंकर प्रसाद कुशवाहले ४ हजार ६ सय ४३ मतसहित विजयी भए । लोकतान्त्रीक समाजवादी पार्टीका अभय कुमार सिंह ३ हजार ६ सय ३१ मत ल्याएर पराजित भए । उपप्रमुखमा माओवादी केन्द्रकै कोसिला देवी ४ हजार ३ सय ५१ मतसहित विजयी भए । लोकतान्त्रीक समाजवादी पार्टीकी रागनी देवी भने ३ हजार ७ सय ४० मत ल्याएर पराजित भए ।
यस्तै रामनगर गाउँपालिकामा माओवादी केन्द्रका राजाबबु यादव ४ हजार ८१ मतसहित विजयी भए । कांग्रेसका हरिनन्दन प्रसाद यादव भने २ हजार ३ सय ९१ मत ल्याएर पराजित भए । उपाध्यक्षमा माओवादी केन्द्रका गीतादेवी ३ हजार ५ सय २३ मतसहित विजयी भइन् भने कांग्रेसकी कोशिला साह भने २ हजार ६ सय ३७ मत ल्याएर पराजित भए ।
जिल्लमा ८ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको मतगणना जारी रहेको निर्वाचन अधिकृत ध्रुव कुमार पियाले दिए । ्जिल्लाका केही स्थानिय निकायको मतगणना बुधबार साँझ सम्ममा सम्पन्न हुने उनले बताए । मतगणना बाँकी रहेका स्थानिय निकायहरु मध्य केहीमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ भने केहीमा नेकपा (एमाले) र केहीमा नेकपा (माओवादी केन्द्र) अग्रस्थानमा रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।














