
काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका चेतराज बराल र उपमेयरमा नेकपा माओवादी केन्द्रका रतबहादुर सिंह निर्वाचित भएका हुन् ।
नेकपा एमालेका सुरतबहादुर सिंहलाई १४ सय बढी मतले पराजित गर्दै मेयरमा कांग्रेसका बजाल निर्वाचित भएका हुन् । बजालले ४ हजार ९७० मत ल्याउँदा एमालेका सिंहले ३ हजार ४९९ मत मात्र ल्याए ।
यस्तै, उपाध्यक्षमा एमालेका जमुना कुमारी चन्द् सिंहलाई पराजित गर्दै केन्द्रका रतनबहादुर सिंह विजयी भए । रतनबहादुरले ४ हजा ६२७ मत ल्याउँदा जमुना कुमारीले ३ हजार ३९१ मत मात्र ल्याइन् ।














