Logo
Logo

भरतपुरमा १ हजार ८५२ मतसहित रेनुद्वारा अग्रता कायम


21.2k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले १८५२ मतको फराकिलो अग्रता लिएका हुन् ।

२८ हजार ६४३ गणना गर्दा रेनुले १० हजार ४४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८ हजार ५९७ मत पाएका छन् ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ६९६ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ६ हजार ९९२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्