Logo
Logo

एमालेका गढ धनकुटाको सहिदभूमिमा एकीकृत समाजवादीले लियो अग्रता


76.4k
Shares

गठबन्धनबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

धनकुटा । नेकपा एमालेको गढ धनकुटाको सहिदभूमि गाउँपालिकामा एमाले विभाजन भइ गठन भएको पार्टी नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार पाँच दलीय गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले २९३८ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष उम्मेदवार मनोज राईले २४८३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेबाट उपाध्यक्षका उम्मेदवार रत्नश्वरी राईले २९२८ मतसहित अग्रता लिएका हुन् ।

गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका तोर्णबहादुर खड्काले २२५४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्