बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणअनुसार बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९६५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका बिक्रम कुवँर प्रतीकले ३ हजार ९०६ मत ल्याए ।
उपमेयरमा निर्वाचित धानुकले ५ हजार २०० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जानकी बोहरा साउदले ४ हजार ६१२ मत ल्याए । माओवादी केन्द्रकी नन्दाकुमारी शाहले ३ हजार ९२३ मत प्राप्त गरे ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पुर्चौडीमा माओवादी केन्द्र विजयी भएको थियो । पुर्चौडीमा माओवादी केन्द्रले वडा नम्बर ५ को वडाध्यक्ष मात्रै जितेको छ ।














