Logo
Logo

पर्सामा २१ वर्षका बशिष्ट कुमार गाउँपालिका अध्यक्षमा निर्वाचित


1.4k
Shares

काठमाडौं । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।

जनता समाजादी पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्