काठमाडौं । चितवनको कालिका नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला तामाङ निर्वाचित भएका हुन् ।

एमालेका रेग्मी १० हजार ७१४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरे ।
त्यस्तै उपमेयरतर्फ एमालेक तामाङले १० हजार ४४९ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका सविता लामाले ९ हजार ६८८ मत प्राप्त गरे ।














