वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी (जसपा) विजयी भएको छ । पालिका अध्यक्षमा जसपाका २१ वर्षीय बशिष्ट कुमार निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् । बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा नेपाली कांग्रसका राजमति बरैनी निर्वाचित भएका छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा)का सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।
५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा ०७४ सालमा फोरमले २, कांग्रेस, जनता दल र माओवादीले १÷१ वटा वडा अध्यक्ष जितेको थियो । यसपटक जसपा ३, कांग्रेस एमाले १÷१ वडामा जित निकाल्न सफल भएका छन् ।














