Logo
Logo

भरतपुरमा रेनुले लिए १९ सय मतको फराकिलो अग्रता


18.3k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले १९०६ मतको फराकिलो अग्रता लिएका हुन् ।

२९ हजार ४४६ गणना गर्दा रेनुले १० हजार ७४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ८५८ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ७ हजार १६६मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्