रुपन्देही । वडाध्यक्ष निर्वाचित भएको विजयी जुलुसमा सहभागी चढेको बस सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० शंकरापुरमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको गम्भीर रहेको बताइएको छ ।

नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित सुर्जमान यादवको विजयी जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी अनियन्त्रित भएर दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रपन्देहीका प्रमुख प्रहरी निरीक्षक मनोज केसीले २५ जना बोकेको सवारीसाधन अनियन्त्रित भई पल्टिँदा दुर्घटना जानकारी दिए ।
बुधबार दिउँसो लु १ ख ८०७८ नम्बरको पल्टिएको हो । दुर्घटनामा वडाध्यक्ष यादवलाई भने केह नभएको प्रहरी निरीक्षक केसीले बताए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उनले बताए ।














