Logo
Logo

बृन्दावन नगरपालिका-१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी


रुपेन्द्र पटेल

21.3k
Shares

रौतहट । रौतहटको बृन्दावन नगरपालिकाको– १ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार रामनाथ सहनी विजयी भएका छन् ।

नेपाली कांग्रेसका सुवोधप्रसाद पटेललाई १२२ मतान्तरले पराजित गर्दै सहनी वडाध्यक्षमा निर्वाचित भएका हुन् । पटेले निवर्तमान वडाध्यक्ष पनि हुन् ।

वडाध्यक्ष निर्वाचित सहनीले १ हजार ५५ मत प्राप्त गरेका गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पटेलले ९ सय ३३ मत प्राप्त गरे । उक्त वडामा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्