
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा नेकपा एमलेले झिनो मतको अग्रता लिएको छ ।
एमालेबाट अध्यक्षका उम्मेदवार गीता अधिकारीले १२३ मतको अग्रता लिएका हुन् । अधिकारीले हालसम्म १० हजार ७९३ मत प्राप्त गरेका छन् ।
पाँच दलीय गठबन्धनसँगको तालमेलका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार रामकुमार थापा अहिले पछि परेका छन् । हिजोदेखि निरन्तर अग्रता लिँदै आएका थापा आज भने १० हजार ६७० मत प्राप्त गर्दै अधिकासँग पछि परेका हुन् ।
उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । गठबन्धनबाट कांग्रेसका उपमेयर उम्मेदवार रेगिना भट्टराईले ९ हजार ७२७ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्षका उम्मेदवार अम्बिकाप्रसाद खनालले ९ हजार ८७५ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
आजको मतगणनाबाट अग्रता लिएसँगै हिजोदेखि नै दाबाबमा रहेको एमालेलाई केही राहत मिलेको ।














