सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नाम्गेलजाङ्बु शेर्पा र उपमेयरमा गान्धिमाया तामाङ निर्वाचित भएका हुन् ।

शेर्पाले नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ६ सय ७८ मतान्तरले पराजित गर्दै दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।
उनले ४ हजार ९ सय ६८ मत ल्याउँदा एमाले उम्मेदवार आङकाजीले ४ हजार २ सय ९० मत ल्याए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार निमातेण्डुप शेर्पाले १ हजार १ सय ८७ मत ल्याए ।
उपमेयरमा तामाङले ४ हजार ३ सय ८५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार मोहनकुमारी कार्कीले ४ हजार २ सय ७३ मत पाए । माओवादीका शारदामाया तामाङ १ हजार ८९ मत ल्याए ।














