महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा)ले विजयी भएका छन् ।

तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी जसपा नेपालका अजयजङ्ग रायले दुई हजार २०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताए ।
यस्तै, उपाध्यक्ष पदमा जसपाकी दिपोदेवी पासवानले दुई हजार ६४ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गरेका छन् ।
जिल्लाको तीनवटा पालिकाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेस एक, नेकपा नेकपा (एमाले) एक र तमलोपाले एक जितेका छन् ।














