Logo
Logo

माधव नेपालको गृहनगरमा मेयर र उपमेयर दुवै एकीकृत समाजवादीले जित्यो


10k
Shares

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले मेयर र उपमेयर दुवै जितेको छ । गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीकाका शम्भु साह र उपमेयरम शैलकुमारी साह निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार साहले लोसपाका अजयकुमार गुप्तालाई २६२६ मतान्तरले पराजित गरे । साहले ६३८१ मत ल्याउँदा गुप्ताले ३७५५ मत पाए ।

उपमेयरमा एकीकृत समाजवादीको शैलकुमारीले ४८०९ मत ल्याए भने उनका निटकतम प्रतिद्वन्द्वी कांग्रेसका शाहजान खातुनले ३६८५ मत ल्याए ।

यो पालिकाका ९ मध्ये ६ वडामा पनि एकीकृत समाजवादीले अध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस्