Logo
Logo

रेनुले लिए दुई हजार मतको अग्रता


37.5k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा ३०१५० मत गणना सकिएको छ ।

पछिल्लो मतपरिणम अनुसार भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले दुई हजार मतान्तरले अग्रता लिएका छन् ।

रेनुले ११ हजार ९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् । कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४९४२ मत ल्याउका छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २५४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेका राप्रपाकी हिमला गुरूङले ७ हजार ३७१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्