Logo
Logo

एमालेबाट जसपाले खोस्यो धनुषाको मुखियापट्टी मुसहरमिया


7.8k
Shares

काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा जनता समाजवादी पार्टीले अध्यक्ष र उपाध्यक्ष जितेको छ । जसपा उम्मेदवार जय कुमार यादवले ५४१० मतसहित अध्यक्ष जितेका हुन् ।

जयकुमारपछि दोस्रो मत नेपाली कांग्रेसका उम्मेदवार रामबाबु यादवले ल्याए । उनले २४५५ मत ल्याएका छन् । नेकपा एमालेका अध्यक्ष उम्मेदवार सुशीलकुमार यादव तेस्रो भए। उनले १७६८ मत ल्याएका छन् ।

उपाध्यक्ष पनि जसपाकै सैदा खातुनले जितेका छन् । उनले ४४१४ मत ल्याएका छन् । कांग्रेसकी अनिता कुमारीले ३१५२ मत ल्याइए ।

०७४ मा यहाँ नेकपा एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्