काठमाडौं । बर्दियाको मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्मालाई पराजित गरेका हुन् । भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गरे ।
उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत तथा माओवादी केन्द्रकी शुभद्रा चौधरीले सात हजार ८९९ मत प्राप्त गरे ।














