काठमाडौं । विराटनगर महानगरपालिका-३ को मतगणना स्थगित भएको छ । मतगणनास्थलमा पङ्खा चल्न छाडेपछि उम्मेदवारका प्रतिनिधि निस्किएपछि मतगणना स्थगित भएको हो ।
वडा नम्बर ३ का मतगणना भइरहेका बेला कोठामा पङ्खाले हावा फाल्न छाडेपछि गर्मीमा गणना गर्न नसकिएको भन्दै उनीहरू गणना स्थलबाट बाहिर निस्केका थिए ।
पङ्खा बनाउन प्राविधिक बोलाइएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए। अब छिट्टै मतगणना सुरू गरिने उनले बताए ।
३ नम्बर वडाको मत गणना मंगलबारदेखि चलेको थियो । अन्य कोठामा भने मतगणना भइरहेको छ ।














