Logo
Logo

कपिलवस्तु नगरपालिकामा जसपाक सुदीप पौडेल निर्वाचित


2.8k
Shares

कपिलवस्तु । कपिलवस्तु नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का सुदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका राजेशकुमार गुप्तलाई ३ हजार १ सय २४ मतान्तरले पराजित गरे ।

पौडेलले ११ हजार ९०६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्तले ८ हजार ७ सय ८२ मत ल्याएका थिए ।

त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता विजयी भएका छन् । उनले ९ हजार ५ सय ७० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसादेवी पाण्डेले ९ हजार ३ सय ७९ मत ल्याए ।

जिल्लाको १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मत गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्