Logo
Logo

धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङ १९१ मतले अगाडि


1.1k
Shares

काठमाडौं । धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १ सय ९१ मतको अग्रता लिएका छन् ।

उनले कांग्रेसका किशोरलाई पछि पारेका हुन् । पछिल्लो परिणामअनुसार साम्पाङले ८ हजार ६ सय ६ मत ल्याउँदा काँग्रेसका राईले ८ हजार ४ सय १५ मत ल्याएका छन् ।

एमालेकी मञ्जु भण्डारीले ६ हजार ८ सय ९८ मत पाएकी छन् । यता उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ९ हजार ५ सय २० मत ल्याएर अग्रता कायम रखेका छन् ।

उनलाई एमालेका पदम इस्बो लिम्बुले ९ हजार १ सय ६२ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्