Logo
Logo

सौन्दर्य प्रतियोगितामा सहभागीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ



मनाेज पाण्डे

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

पाण्डेले ८ वर्ष अगाडि बलात्कार गरेको एक युवतीले सामाजिकमार्फत आरोप लगाएका छन् । युवतिले आरोप लगाएपछि प्रहरीले विषेश समिति नै गठन गरेर उक्त घटनाको अनुशन्धान गरिरहेको छ । सोही क्रममा पाण्डे पक्राउ परेको प्रहरी स्रोतले बताएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको पाण्डेलाई आपरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्