Logo
Logo

एमालेबाट निर्वाचित मेयर र उपमेयरलाई तौल बराबरको लड्डुले स्वागत !



बारा । बाराको कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई कार्यकर्ताले तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

निर्वाचन जितेपछि विजयी र्‍याली गर्दै १० नम्बर वडा पुगेका मेयर र उपमेयरलाई कार्यकर्ताले तौल बराबरको लड्डुले स्वागत गरेका हुन् । मेयर र उपमेयरलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो ।

कलैयामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राय यादव मेयरका उम्मेदवार थिए । उनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विनोदप्रसाद साह निर्वाचित भएका हुन् ।

निर्वाचित साहले २४ हजार १३९ मत प्राप्त गर्दा पराजित यादवले १८ हजार ५४० मात्र प्राप्त गरे । साह ५ हजार ५९९ मत अन्तरले विजयी भएका हुन् ।

उपमेयरमा पनि एमालेका उम्मेदवार रौशन परविन प्रतिद्वन्द्वी प्रमोदप्रसाद गुप्तालाई पराजित निर्वाचित भए । पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार गुप्ताले १८ हजार ३०२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार परविन १९ हजार २५१ मत प्राप्त गर्दै निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्