Logo
Logo

भरतपुर मतगणना- रफ्तारमा रेनु, कछुवा गतिमा विजय


98.2k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको सन्दर्भमा ‘इलेक्सन इपी सेन्टर’ मानिएको चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना सबैको चासोको विषय बनेको छ ।

भरतपुरमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रेनु दाहाल र एमाले–राप्रपा गठबन्धनबाट विजय सुवेदी मेयर पदका लागि प्रतिस्पर्धामा छन् ।

भरतपुरको गणना लगभग मध्य भागमा पुगेको छ । भरतपुरलाई जसरी ‘इलेक्सन इपी सेन्टर’ मानियो त्यसरी नै यहाँको मतगणनालाई पनि अधिक चासोकासाथ हेरिएको छ ।

सुरुवाती केही दिन एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजयले झिनो मतअन्तरले अग्रता लिँदा माओवादीजनको ढुकढुकी बढेको थियो । अहिले, पराजित हुने डरले एमालेजन त्यस्तै अवस्थामा छन् ।

पछिल्लो तीन दिनदेखी रेनु निरन्तर अग्रता कायम गर्दै आएका छन् । सुरुमा रेनुले ५७ मतको अग्रता लिएका थिए । पछिल्लो तीन दिनमा त्यो अग्रताले ६ हजार कटिसकेको छ ।

७९ हजार ९१० मत गणना गर्दा रेनुले ३१ हजार १२२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी विजयले भने २४ हजार ५८२ मत मात्र प्राप्त गरेका छन् । विजयले प्राप्त गरेको मतभन्दा विजयले प्राप्त गरेको मत ६ हजार ५४० बढि हो ।

उपमेयरका उम्मेदवारको रफ्तार त झनै तीव्र छ । सत्तारुढ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी १४ हजार ४२७ मतसहित अग्रता लिइरहेका छन् ।

अधिकारीले ३३ हजार ५३१ मत पाउँदा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएका छन् ।

अहिलेकै रफ्तारमा अग्रता बढाउँदै जाने हो भने रेनुको जित सुनिश्चित रहेको एमाले नेताहरु नै भन्न थालेका छन् । किनकी, एमालेको पकड क्षेत्रबाट समेत रेनुले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्