Logo
Logo

भरतपुरमा २७ हजार मत गन्न बाँकी, रेनुलाई ९ हजार मतको अग्रता




चितवन । चितवनको भरतपुर महानगरपालिकामा एक लाखभन्दा बढी मत गणना सकिदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयतर्फ उन्मुख भएकी छिन् । आइतबारसम्म १ लाख ५५४ मत गणना गरिएको हो । भरतपुमा १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

करिब २७ हजार मात्र मत गन्न बाँकी हुँदा रेणुको अग्रता झन्डै नौ हजार पुगेको छ । पछिल्ले परिणामअनुसार उनले ८ हजार ८ सय ८२ को मतको अग्रता छ । दाहालले ३९ हजार ८०८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ९२६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले १२ हजार ९०५ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निरन्तर अगाडि बढेका छन्। ४२ हजार ७४ मत प्राप्त गरेका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले २४ हजार ४२८ मात्र मत । २९ वडा रहेको भरतपुरमा २० वटा वडा गनेर सकिएको छ । अहिले २१ र २२ नम्बर वडाको मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्