Logo
Logo

हिमालयन बैंकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट



काठमाडौं । हिमालयन बैंकले हिमालयन बैंक लिमिटेड बण्ड-२०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हिमालयन बैंकले १ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रकम बराबरको १०.५० प्रतिशतको बण्ड जारी गर्न नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । ऋणपत्रमा १०.५० प्रतिशतको ब्याजदर रहेको छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज।ब।रा। र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्