
काठमाडौं । हाल प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार नेपालमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको र बिहान प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लागायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली रही प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार राति पनि पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।











