Logo
Logo

दैलेख बस दुर्घटनामा ४ जनाको मृत्यु, सबैको सनाखत


378
Shares

काठमाडौं । दैलेखको आठबिस नगरपालिका २ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ ।

बुधबार राति कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका ३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर साहले बताए ।

बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्